श्रीलंका र यूएई भ्रमणका लागि नेपालको टोली घोषणा

लोकपाटी न्यूज

काठमाडौं। श्रीलंका भ्रमण र आईसीसी विश्वकप लिग-२ अन्तगर्गतको त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आज सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो।

नेपाली टिम आगामी शनिबार श्रीलंका जानेछ। त्यहाँ पहिलो श्रेणीको टिमसँग चार वटा अभ्यास खेल खेल्ने क्यानले जनाएको छ। नेपाली टिम श्रीलंकाबाटै १४ मार्चमा यूएई जानेछ।

श्रीलंका र यूएई जाने नेपाली टिम

सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामी, विक्रम शोव, भीम सार्की।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्