डिस्चार्ज भए मन्त्री वर्षमान पुन

barsaman-pun ananta
लाेकपाटी न्यूज

काठमाडौं, १८ फागुन। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ डिस्चार्ज भएका छन् । बिहीबार अचानक अस्वस्थ भएपछि उनी उपचारार्थ नर्भिक अस्पताल भर्ना भएका थिए ।

उनका स्वकीय सचिव सन्तोष पुनका अनुसार मन्त्री पुनको स्वास्थ्यमा सुधार आएकाले शनिबार बिहान डिस्चार्ज गरिएको हो। ‘मन्त्रीज्यूडिस्चार्ज हुनुभयो, हामी अहिले क्वार्टर जाँदेछौं’ स्वकीय सचिव पुनले भने।

उनको उपचारमा चिकित्सकहरु यादव भट्ट, मधु घिमिरे र युवराज शर्मा संलग्न थिए। मन्त्री पुन अस्पताल भर्ना भएको खबर प्राप्त हुनासाथ प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नै उक्त अस्पताल पुगेर स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए ।

यस्तै, शुक्रबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतका नेताहरुले मन्त्री पुनको स्वास्थ्य अवस्थाकाबारेमा जानकारी लिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्