आलिया भट्टको आज जन्मदिन, कति वर्ष पुगिन ?

लोकपाटी न्यूज

काठमाडौं। बलिउड अभिनेत्री आलिया भट्ट आज आफ्नो जन्मदिन मनाउँदैछिन्। उनी मंगलबारदेखि २९ वर्ष लागेकी छन्। अभिनय करिअरमा आलियाले १५ फिल्ममा लिड रोल गरिन्, जसमा १० फिल्म हिट र दुईवटा फ्लप रहे।

यसैमहिना रिलिज भएको उनी अभिनित ‘गंगुबाई काठियावाडी’ करोड क्लबमा प्रवेश मात्र गरेन, उनको अभिनयले धेरैको मन जित्यो। यस वर्ष उनीमाथि ९०० करोड भारुको दाउ लगाइएको छ। जसमा ८ फिल्ममा सय करोड र २ फिल्ममा २०० करोड भारु लगानी छ।

सन् १९९९ मा रिलिज भएको फिल्म ‘संघर्ष’ उनी पहिलोपटक बाल कलाकारको रुपमा डेब्यू गरेकी थिइन्। १८ वर्षको उमेरमा ‘स्टुडेन्ट अफ दी इयर’बाट लिड एक्ट्रेसको रुपमा उनी प्रस्तुत भइन्। जन्मदिनको अवसरमा मंगलबार उनी अभिनित फिल्म ‘ब्रम्हास्त्र’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। आशा पात्रको रुपमा आलियाको फस्टलुक देख्न सकिन्छ।

फक्स स्टार स्टुडियोले निर्माण गरेको यो फिल्मलाई आयन मुखर्जीले निर्देशन गरेका हुन्। यो फिल्मलाई सन् २०२२ को सेप्टेम्बर ९ मा रिलिज गर्ने तयारी छ। नेपालमा समेत आलियाका फिल्मले राम्रो कमाइ गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्