नेपालमा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि

Corona_Virus
लोकपाटी न्यूज

काठमाडौं। पछिल्लो चौबिस भण्टामा नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार ६ हजार १ सय ७५ जनाको कोरोना परीक्षण गर्दा ८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा २१३ जना निको भएका छन्। योसँगै नेपालमा संक्रमण मुक्त हुनेको कूल संख्या ९ लाख ६१ हजार ५ सय ६१ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन। नेपालमा कोरोना संक्रमणका कारण अहिलेसम्म ११ हजार ९ सय ५० जनाले ज्यान गुमाइसकेका छन्।

हाल नेपालमा कोरोनाका सक्रिय संक्रमित ४ हजार ५ सय ७४ जना रहेका छन्। त्यस्तै, पछिल्लो २४ घण्टामा १ लखा ५ हजार ४२२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्