यूएईविरुद्ध बलिङ गर्दै नेपाल

लोकपाटी न्यूज

काठमाडौं। आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय प्रतियोगितामा घरेलु टोली युनाइटेड अरव इमिरेट्स (यूएई) सँग नेपालले टस हारेर पहिला बलिङ गर्ने मौका पाएको छ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा घरेलु टोली यूएईका कप्तान अहमद राजाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्। नेपालको टोलीमा आज एक परिवर्तन गरेको छ। नेपाली टोलीको विकेटकिपर विनोद भण्डारीका स्थानमा कमलसिंह ऐरीलाई मौका दिएको छ।

नेपाल आज प्रमुख तीन तीव्र गतिका बलर पार्टटाइम मध्य गतिका बलर आरिफ शेखका साथ मैदान उत्रेको छ। यसअघि युएईले पपुवा न्युगिनीलाई ७ विकेट हराउँदा नेपालले २ विकेटको जित निकालेको थियो।

यूएईविरुद्ध नेपालको प्लेइङ-११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, कमलसिंह ऐरी, सन्दीप लामिछाने (कप्तान) र सागर ढकाल।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्