पाँच विकेटको क्षति हुँदा नेपालले बनायाे १०० रन

लोकपाटी न्यूज

काठमाडौं। आईसीसी विश्वकप लिग-२ अन्तर्गत प्रतियोगिताको दोस्रो खेलमा यूएईले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएउने क्रमममा नेपालले १०० रन पूरा गरेको छ। नेपालले २७.१ ओभरमा ५ विकेट गुमाएर १०० रन पूरा गरेको हो।

यूएईविरुद्ध नेपालले आज आफ्नो पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई ११, दोस्रो विकेटको रुपमा आसिफ शेखलाई ७, तेस्रो विकेटको रुपमा दीपेन्द्रसिंह ऐरीलाई ३, चौथो विकेटको रुपमा ज्ञानेन्द्र मल्ललाई २८ र पाँचौ विकेटमा रुपमा आरिफ शेखलाई शून्य रनमा गुमाएको थियो।

नेपालका दुवै ओपनिङ ब्याट्सम्यान कुशल र आसिफलाई यूएईका फास्ट बलर जुनैद सिद्दिकीले आउट गरेका हुन् भने ऐरी चिराग सुरीको हातबाट रन आउट भएका हुन्। त्यस्तै, मल्लाई मुस्तफा र आरिफलाई बसिल हमीदले आउट गरेका हुन् ।

यो समाचार तयार पार्दासम्म नेपालले २८ ओभरमा ५ विकेट गुमाएर १ सय ३ रन बनाएको छ। अहिले क्रिजमा रोहितकुमार पौडल ४५ र सोमपाल कामी ४ रनमा अविजित ब्याटिङ गरिरहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्