विवाह बन्धनमा बाँधिँदै आलिया र रणवीर, यस्ताे छ तयारी

Alia-Bhatt-Ranbir-Kapoor
लोकपाटी न्यूज

काठमाडौं। बलिउडको चर्चित जोडी मध्ये एक रणवीर कपुर र आलिया भट्टलाई धेरै वर्षदेखि आफ्ना फ्यानले पर्खिरहेका छन्। योसँगै अब यो जोडीले लामो समयको सम्बन्धलाई सात जन्मको बन्धनमा बाँध्ने पनि निर्णय गरेको छ।

मिडिया रिपोर्टका अनुसार यो जोडीले अर्को महिना अर्थात अप्रिलमा सात फेरा लिने तयारी गरिरहेको छ। यी दुईको बिहेको खबरको बीचमा एउटा तस्विर बाहिर आएको छ जसले यसको पुष्टि गरिरहेको छ।

रणवीर र आलियाले विवाहको किनमेल सुरु गरेका छन्। किनभने रणवीर र आलियाको साडी फेसन ब्रान्ड र डिजाइनरसँगको तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यी डिजाइनरहरू विशेष गरी ब्राइडल साडीका लागि परिचित छन्। त्यसैले दुबैले आफ्नो बिहेको किनमेल सुरु गरेको फ्यानहरुले अनुमान गर्न थालेका छन्।

वास्तवमा, ब्राइडल कांचीपुरम सारी ब्रान्डकी सीईओ बिना कन्ननले यो तस्विर आफ्नो इन्स्टाग्राम खातामा सेयर गरेकी छिन्। तस्विरमा उनीसँगै रणवीर कपुर र आलिया भट्ट पनि उभिएका छन्। दुबै सेलेब्सको लुकको बारेमा कुरा गर्दा, आलिया भट्ट सेतो कुर्तामा र रणवीर कपुर नीलो शर्ट र जिन्समा देखिन्छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्