इजरायली प्रधानमन्त्री बन्नेटलाई कोरोना संक्रमण पुष्टि

लोकपाटी न्यूज

जेरुसेलम। इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ। प्रधानमन्त्रीको कार्यालयले सोमबार दिएको जानकारी अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनसँगको भेटवार्ता भएलगत्तै उनलाई सङ्क्रमण पुष्टि भएको हो ।

‘हिस्टोरिक समिट’ का क्रममा उनीहरूका बीचमा आइतबार साइडलाइन भेटवार्ता भएको अधिकारीहरूले जनाएका छन्। समिति इजरायलको जेरुसेलममै भएको थियो। उनले अस्वस्थ महसुस गरेपछि एकान्तवास मै रहेर आफ्ना काम गरिरहनु भएको र तत्काल अरुसँग भौतिक सम्पर्कमा नरहने निर्णय गरेको जनाइएको छ।

उनी त्यसअघि इजरायलकै उत्तरी सहर हाडेराको भ्रमणमा पनि जानु भएको थियो । त्यहाँ इस्लामी स्टेटका लडाकुहरूको आक्रमणमा परी दुई प्रहरी मारिएका थिए। घटनाका बारेमा उनले आइतबार राति रक्षा तथा सार्वजनिक सुरक्षा मन्त्री, सेना प्रमुख र अन्य उच्च सरकारी अधिकारीहरूसँग पनि छलफल गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्