इमरान खानविरुद्ध अविश्वासको प्रस्तावमा मतदान हुने

imran-Khan
लोकपाटी न्यूज

एनेन्सी। इस्लामाबाद-पाकिस्तानी प्रधानमन्त्री इमरान खान विरुद्धको अविश्वासको प्रस्तावमा अप्रिल ३ मा मतदान हुने भएको छ। यो जानकारी आन्तरिक मन्त्री शेख रसिदले दिएका हुन्।

राष्ट्रियसभाको बैठकमा सोमबार खानविरुद्ध विपक्षी दलले अविश्वासको प्रस्ताव पेस गरेपछिको पछिल्लो राजनीतिक अवस्थाबारे राजधानी इस्लामाबादमा सञ्चारकर्मीसँग कुरा गर्दै रसिदले यस्तो जानकारी दिएका हुन्।

३१ मार्चमा अविश्वासको प्रस्तावमा बहस हुने र ३ अप्रिलमा मतदान हुने उनले बताए। प्रधानमन्त्री विरुद्धको प्रस्ताव विफल हुने उनले बताए। प्रधानमन्त्री खान विरुद्धको अविश्वासको प्रस्तावलाई लिएर पाकिस्तानमा राजनीतिक संकट चुलिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्