गुडीरहेको ट्रकमा आगलागी

लोकपाटी न्यूज

चितवन। भरतपुर महानगरपालिका-२९ सत्र किलोमा ट्रकमा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार सार्लाहीबाट इँटा बोकेर काठमाडौँ जाँदै गरेको प्रदेश २-०३-००१ ख ६५८७ नम्बरको ट्रकमा आगलागी भएको हो।

ट्रक गुडिरहेको अवस्थामा ब्याट्रीको तार सर्ट भई आगलागी भएको कार्यालयले जनाएको छ। कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीका अनुसार बिहान ६ बजेको समयमा ट्रकमा आगलागी भएको हो। आगलागीबाट ट्रक पूर्णरुपमा क्षति भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्