चीनको सांघाईमा कोरोना संक्रमितको संख्या बढ्यो

Corona_Virus
लोकपाटी न्यूज

एजेन्सी। चीनको सांघाईमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिन थालेको छ। त्यहाँका ठूला अस्पतालहरु पनि संक्रमितले भरिएका छन्। संक्रमितको संख्या बढे पछि संक्रणबाट कसैको पनि मृत्यु भएको छैन।

बीबीसीले सांघाई शहरको पूर्वी भागमा रहेको एक वृद्धाहरुको हेरचाह गर्ने अस्पतालमा कार्यरत कर्मचारीसँग गरेको कुराकानीबाट स्थिती अत्यन्तै चिन्ताजनक भएको बताइएको उल्लेख गरेको छ। वृद्धाहरुको संक्रमित हुने संख्या धेरै भएको र मृत्यु समेत भएको उल्लेख गरिएको छ। तर, वृद्धाहरुको मृत्यु कोरोनाबाट भएको हो अन्य कुनै कारण हो खुलाइएको छैन ।

अस्पतालमा कार्यरत एक नर्सले सांघाई सरकारले पठाएका मेडिकल स्टाफ र विशेषज्ञ पनि संक्रमित भएको बीबीसीलाई बताएकी छन्। चीनको सबैभन्दा बढी जनसंख्या भएको शहर सांघाईमा २.५ करोड जनसंख्या छ। कोरोना संक्रमण फैलिनबाट बच्न सांघाई सरकारले ९ दिनदेखि लकडाउन गरिरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्