दुई मात्रा खोप लगाएको तीन महिनामै बुस्टर डोज

_Khop
लोकपाटी न्यूज

काठमाडौं। कोरोना भाइरस (कोभिड-१९) को दुई मात्रा खोप लगाएको तीन महिनापछि बुस्टर डोज लगाउन सरकारले निर्देशन दिएको छ। यसअघि पूर्ण खोप लगाएको ६ महिनापछि मात्रै बुस्टर डोज दिने व्यवस्था थियो।

राष्ट्रिय खोप सल्लाहकार समितिले सरकारलाई पूर्ण मात्रा खोप पूरा गरेको तीन महिनापछि बुस्टर डोज दिन सल्लाह दिएको हो। यससँगै परिवार कल्याण महाशाखा अन्र्तगत खोप शाखाका प्रमुख सागर दाहालले पूर्ण मात्रा खोप लगाएको तीन महिनापछि बुस्टर डोज लगाउन पत्राचार गरिएको बताए।

प्रदेशका स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपुर्ति केन्द्र र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचार गरिएको उनले बताए। प्रमुख दाहालले पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेकाहरुलाई बुस्टर डोज लगाउन आग्रह गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्