नियन्त्रणबाहिर बर्ड फ्लु, लकडाउनको तयारीमा विभाग

लोकपाटी न्यूज

काडमाडौं। कुखुराको सङ्क्रामक रोग बर्डफ्लू नियन्त्रणबाहिर गएको सरकारी अधिकारीले बताएका छन्। सङ्क्रमण बढेपछि पशु सेवा विभागले लकडाउनको तयारी गरेको छ। भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशालाले आज काठमाडौंमा आयोजना गरेको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा पशु सेवा विभागका महानिर्देश डा .राम नन्दन तिवारीले बर्डफ्लू सङ्क्रमण नियन्त्रणबाहिर गएको बताए।

उनका अनुसार, गत माघदेखि प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा बर्डफ्लूको सङ्क्रमण बढेको छ। हालसम्म हाँस, ब्रोइलर, लोकल, गिरिराज, लेयर्स टर्की काग, प्यारेन्ट कालिज र लौकाटमा पुष्टि भएको उनले जानकारी दिए।

कुखुरा पालन हुने देशका मुख्य सहरहरू मोरङ, काठमाडौं, सुनसरी, सिन्धुपाल्चोक, कास्की, उदयपुर, ललितपुर, भक्तपुर, पर्सा, मकवानपुर, धनुषा र बारामा बर्डफ्लू सङ्क्रमण रफ्तारमा फैलिएको छ। पोलट्री व्यवसायीले समयमा नै विभागको सल्लाह मानेर पोलट्री लकडाउन जानुको विकल्प नभएको पनि उनले प्रस्ट पारे।

‘नेपाल दाना उद्योग सङ्घका अध्यक्ष रवीन पुरीले लकडाउनको प्रकृतिबारे प्रस्ट पार्न आग्रह गरे। उनले भने, ‘तपाईँहरूले ओसारपसार बन्द र लकडाउन भन्नुहुन्छ, त्यो कस्तो हो स्पष्ट पारिदिनुहुन अनुरोध छ,’ पुरीले भने।

नेपाल दाना उद्योग सङ्घका पूर्व अध्यक्ष नारायणहरि खत्रीले विभागले अनुगान फितलो भएको बताए उनले एक प्रसङ्गमा भने भक्तपुरमा एक ठाउँमा बर्डफ्लु देखीको तर त्यसको नजिकै रहेको अर्को कुखुरा फार्मले मज्जाले कुखुरा बेची रहेको अवस्था छ तसर्थ तत्कालै बन्द गर्नु मात्र समस्याको समाधन नभएको तर व्यवसायी पनी रहने खालको संयत्र बनाएर नियन्त्रणमा लाग्न सुझाव दिए।

पोलट्री विज्ञ एवं नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजनका आयोजना निर्देशक डा. उमेश दाहालले अहिल कुनै पनी व्यवसायीले मेरो कुखुरा मरेको छैन भनेर अछुतो नबन्नुहोला भोलिका दिनमा यस्तै अवस्था आए कुनै पनी कुखुरा नरहन सक्ने तर्फ सङ्केत गर्दै विभागले खाली सल्लाह मात्र नगर्न चाडै एक्सनमा उत्रिनु पर्ने सुझाव दिए।

उनले दाना ढुवानीमा नरोकी कुखुरा ओसार पसा रमा केही हप्ता कडाइका साथ रोक्नु पर्ने बताए। नेपाल पोलट्री महासघा महासचिव दिनेशराज मिश्रले नेपालमा फैलिएको बर्डफ्लूको क्षति ठुलो हुने उल्लेख गर्दै पूर्वतयारमा जोड दिन आग्रह गरे। क्षति न्यूनीकरणका लागि भ्याक्सिन सनमा जोड दिनुपर्ने उनको सुझाव छ। यद्यपि, नेपाल विश्व पशु स्वास्थ्य सङ्गठनको सदस्य राष्ट्र भएकाले भ्याक्सिन स्वीकृत दिन भने कानुनले रोकेको छ।

पशु चिकित्सक डा.मोदनाथ गौतमले आफूले यसको रोकथामका लागि पहिले नै ढुवानी रोक्न सल्लाह दिए पनि  नसुनेको भन्दै चिन्ता व्यक्त गरे। पूर्वतयारमा ढिलाइ भएकाले सरोकारवालासँग छलफल गरेर विभागमा आउन उनले आग्रह गरे। कार्यक्रममा पशु सेवा विभागका डा.वरुण शर्मा,प्रयोगशालाकी प्रमुख डा.शर्मिला चापागाईँ,क्वारेनटाइन प्रमुख लक्षमण ढकाल एवं औषधि व्यवसायी सङ्घका पदाधिकारीका साथै पोलट्री व्यवसायी लगायतको उपस्थिति थियो।

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्