एएफसी कप : मछिन्द्र र ब्लु स्टारबीचको खेल आज

लोकपाटी न्यूज

काठमाडौं। नेपालको मछिन्द्र फुटबल क्लबले एएफसी कप २०२२ अन्तर्गत पहिलो चरणमा श्रीलंकाको ब्लुस्टारसँग खेल्दैछ। खेल आज साँझ पाँच बजे दशरथ रंगशालामा हुनेछ।

मछिन्द्र पहिलो पटक एएफसी कपका लागि छनोट भएको हो। सहिद स्मारक ए डिभिजन लिगको सातौं चरणसम्ममा शीर्ष स्थानमा रहने टिमलाई एएफसी कपमा पठाउने अखिल नेपाल फुटबल संघ (एन्फा) को नियमअनुसार मछिन्द्र एएफसी कपमा स्थान पक्का गरेको थियो।

मछिन्द्रले आजको खेलमा जित हात पारे दोस्रो चरणमा भारतको एटिके मोहन बगान एफसीसँग प्रतिस्पर्धा गर्नेछ। यो खेलको विजेता र अर्को पोलको विजेताबीच प्लेअफ हुनेछ।

प्लेअफमा जित हात पार्ने टिमले एएफसी कपको समूह ‘डी’ मा स्थान पाउनेछ। समूह ‘डी’ भारतको गोकुलम केरला, बंगलादेशको बसुन्धरा किंग्स, माल्दिभ्सको माजिया र प्लेअफ विजेताबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्