आईपीएल : चेन्नई सुपर किंग्सको पहिलो जित

लोकपाटी न्यूज

काठमाडौं। चार पटकको च्याम्पियन चेन्नई सुपर किंग्सले भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ मा पहिलो जित निकालेको छ। म‌गलबार भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई २३ रनले हराउँदै चेन्नईले ५ खेलबाट पहिलो जित हात पारेको हो।

२ सय १७ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९३ रन मात्र बनाउन सक्यो। बेंगलोरका लागि शहबाज अहमदले सर्वाधिक ४१ रन बनाए। यस्तै डेब्यू खेल खेलेका सुयश प्रभुदेशाईं र दिनेश कार्तिकले समान ३४-३४ रन जोडेका थिए।

ग्लेन म्याक्वेलले २६ रन बनाउँदा मोहम्मद सिराजदे १४ र अनुज रावतले १२ रनकाे याेगदान दिए। चेन्नईलाई जिताउन स्पिनर महेश थिक्सना र रविन्द्र जडेजाले सानदार प्रदर्शन गरे। महेशले ४ ओभरमा ३३ रन खर्चिएर ४ विकेट लिए। यस्तै जडेजाले ४ ओभरमा ३९ रन खर्चिएर ३ विकेट हात पारे। ड्रुएन ब्राभो र मुकेश चौधरीले समान १-१ विकेट हात पारे।

त्यसअघि डि वाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १६ रन बनाएको थियो। चेन्नईका लागि शिवम् दुबे र रोबिन उथप्पाले सर्वाधिक अर्धसतकीय इनिङ्स खेले। ४६ बल खेलेका दुबेले ५ चौका र ८ छक्कासहित ९५ रनमा अविजित रहे। यस्तै ५० बल खेलेका उथप्पाले ४ चौका र ९ छक्कासहित ८८ रनको उत्कृष्ट प्रदर्शन गरे। दुबे र उथप्पा दुबैको आइपिएल करिअरको उत्कृष्ट प्रदर्शन हो।

दुबेले र उथप्पाले तेस्रो विकेटका लागि ७४ बलमा १ सय ६५ रनको कीर्तिमानी शतकीय साझेदारी गरेका थिए। आइपीएलमा यो तेस्रो विकेटका लागि भएको उच्च साझेदारीसमेत हो। यसअघि तेस्रो विकेटका लागि सन् २०१२ मा डेक्कन चार्जसका कुमार संगाकारा र क्यारन ह्वाइटले १ सय ५७ रनको साझेदारी गरेका थिए।

यस्तै ओपनर ऋतुराज गायकवाड १७ रन बनाएर आउट भए। मोईन अली ३ रनमा रन आउट हुँदा रविन्द्र जडेजा शून्य रनमा आउट भए। महेन्द्र सिंह धोनीले बल खेल्न पाएनन्। पहिलो १० ओभरमा ६०-२ को अवस्थामा रहेको चेन्नईले पछिल्लो १० ओभरमा १ सय ५५ रन बनाउँदै विशाल योगफलसम्म पुर्‍याएको थियो।

बेंगलोरका लागि बेंगलोरका वानिन्दु हसरंगाले सर्वाधिक २ विकेट लिए। अष्ट्रेलिया तीव्र गतिका बलर जोश हेजलवुडले १ विकेट हात पारे।

चेन्नईको पहिलो जितसँगै यस्तो बन्यो अंक तालिका:

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्