पछिल्लो चौबिस घण्टामा थप १९ जनामा कोरोना पुष्टि

covid-19_corona
लोकपाटी न्यूज

काठमाडौं। पछिल्लो चौबिस घण्टामा नेपालमा थप १९ जनामा कोरोनाको संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १९ जनामा कोरोना पुष्टि भएको हो।

आज चार हजार ७१५ वटा नमुना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो। आज ४९ जना संक्रमणमुक्त भएका छन्। योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५२० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आज ५६ हजार ७३५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्