भरतपुरको मेयरको तयारीमा रहेका काफ्ले इन्जिनियरको संकल्प

लोकपाटी न्यूज

भरतपुर। विवेकशील साझाले भरतपुरको मेयरमा उठाउने तयारी गरेका २८ वर्षीय युवा इन्जिनियर प्रविन काफ्लेले आफ्नो फेसबुक मार्फत नयाँ वर्ष २०७९ सालको उपलक्ष्यमा देश विदेशमा रहेका सम्पूर्ण दाजुभाई, दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै युवापुस्ता, वैकल्पिक राजनीति र बिपी कोइरालालाई स्मरण गर्दै राजनीतिक यात्रा राष्ट्र र नागरिक प्रति सदैव समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

**** नयाँ वर्षको संकल्प युवापुस्ता, वैकल्पिक राजनीति र बिपी कोइराला *****

भारतमा इन्जिनियरिङ पढ्दै गर्दा बिपीको आत्म वृत्तान्त पढ्ने मौका मिल्यो। उनको त्याग ,समर्पण,राष्ट्र प्रेम र एउटा मानवमा हुने सक्ने विलक्षण प्रतिभाबाट प्रभावित हुँदै गर्दा मेरा रौँ ठाडा भएका थिए। आङ्ग सिरिङ्ग भएको थियो। राजनीतिक यात्रा राष्ट्र र नागरिक प्रति सदैव समर्पित रहने छ भन्ने प्रतिबद्धता व्यक्त गर्दछु। सम्पूर्ण सहिदहरूप्रति मेरो सम्मानका साथसाथै नयाँ वर्ष २०७९ सालको उपलक्ष्यमा देश विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाई, दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। यो समाजको आमूल रुपान्तारण नगरी त हामीलाई कालले पनि लैजाने छैन।

हाम्रा प्राथमिकतास्,

१. भ्रष्टाचार निर्मूलन, सुशासन कायम, छोटो (छरितो, सहज प्रविधिमैत्री प्रशासनिक सेवाको विकास

२. निःशुल्क तथा गुणस्तरीय प्रविधि मैत्री सार्वजनिक शिक्षा

३. सर्वसुलभ स्वास्थ्य सेवा तथा प्रशासनिक संरचना सुधार

४. रोजगारी निर्माण, समान अवसर, कर्मचारीको समान सेवा सुविधा तथा उद्यमशीलता प्रवर्द्धन

५. कृषि क्षेत्रको विकास, बजार व्यवस्थापन तथा अनुदान अनियमितता रोकथाम

६. पूर्वाधार विकास (सहरी ढल सञ्जाल निर्माण, खानेपानी,सुरक्षित पैदल मैत्री, साइकल मैत्री सडक निर्माण, नयाँ भरतपुर सिटीको अवधारणा)

७. पर्यावरण संरक्षण (गार्डेन सिटी, पार्क निर्माण), सामुदायिक जङ्गल सदुपयोग तथा आम वन्यजन्तु आक्रमणको सुरक्षा सुनिश्चितता

८. पर्यटन प्रवर्धन तथा प्रशासनिक सुरक्षा सुनिश्चितता

९. लागु औषध निर्मूलन

१०. खेलकुद विकास