‘ए मेरो हजुर ४’ को शो हाउसफुल

लोकपाटी न्यूज

काठमाडौं। नयाँ वर्षको अवसर पारेर फिल्म ‘ए मेरो हजुर ४’ प्रदर्शनमा आएको छ। फिल्मले बिहानको शोमा दर्शकको राम्रो साथ पाएको छ।

बिहानी शो सिंगलदेखि मल्टिप्लेक्ससम्म हाउसफुल भएको छ। बुधबार बिग मुभिजमा ‘ए मेरो हजुर ४’ को प्रिमियर राखिएको थियो। कलाकारहरुले प्रिमियरमा फिल्मलाई सकारात्मक प्रतिक्रिया दिएका छन्।

सुनिल कुमार थापाले निर्माण गरेको फिल्ममा पटकथा र संवाद लेखनमा निर्देशक थापालाई स्व. निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्