मन्त्री वर्षमान पुनकाे एक वर्ष : यी हुन् प्रमूख उपलब्धि (पूर्णपाठ)

barsaman Pun ananta
लाेकपाटी न्यूज

काठमाडौं, ३ चैत । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सरकार सञ्चालनको एक वर्षे प्रगति विवरण सार्वजनिक गरेको छ । मन्त्रालयमा एक पत्रकार सम्मेलन गर्दै मन्त्री वर्षमान पुन ‘अनन्त’ ले विवरण सार्वजनिक गरेका हुन् । मन्त्री पुनले २०७४ चैत्र ३ मा मन्त्रालय सम्हालेका थिए । त्यसको ठिक एक वर्षमा उनले आज एक वर्षे प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

मन्त्रालयले लिएको अभियानमा सघाउने सबै कर्मचारी, निजी क्षेत्र, विकास साझेदार, सञ्चार जगत र सबै नेपाली दिदी–बहिनी तथा दाजु–भाईहरुलाई मन्त्री पुनले धन्यवाद दिएका छन् । मन्त्री पुनले सरकार संचानको एक वर्षमा श्वेतपत्रमा उल्लिखित नीतिगत एवं कार्यगत मार्गचित्रले लिएका लक्ष्यहरु अनुरुप कार्य गर्न मलाई मन्त्रालय तथा मन्त्रालय मातहतका सम्पूर्ण कर्मचारीहरुको साथ र सहयोग प्राप्त भएको बताएका छन् ।

मन्त्रालय नेपाल सरकारको “समृद्ध नेपाल, सुखी नेपाली” अभियानको प्रभावकारी कार्यान्वयन गर्न २०७५–८५ को अवधिलाई “ऊर्जा तथा जलस्रोत दशक”को रुपमा मनाउने गरी ऊर्जा, जलस्रोत तथा सिंचाइ क्षेत्रको वर्तमान अवस्था, समस्या र चुनौतिहरुको यथार्थ चित्रण सहित यस क्षेत्रको समग्र विकासको लागि भावी मार्गचित्र (श्वेतपत्र) जारी गरी कार्यान्वयनमा ल्याइएको आफ्नो प्रगति विवरणमा उल्लेख गरेको छ । “नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी” नाराका साथ “जनताको जलविद्युत कार्यक्रम” घोषणा कार्यक्रम संचालनमा ल्याइएको पनि मन्त्रालयले उल्लेख गरेको छ ।

यस्तो छ मन्त्रालयले जारी गरेको एक वर्षे कार्यकाल र प्रमूख उपलब्धिकाे पूर्ण पाठ

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्