आइएमई ओपन टेनिस टुर्नामेन्ट वैशाख २ बाट

Raju paudel IME
लाेकपाटी न्यूज

काठमाडौं, ६ चैत्र। आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गत वर्षदेखि टेनिस प्रतियोगिता आयोजना गर्दै आइरहेको छ।

यसपटक आइएमई फाउन्डेशनद्वारा २०७६ साल वैशाख २ गतेदेखि ७ गतेसम्म (१५–२० अप्रील, २०१९) मा ‘दोस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर एकल ओपन टेनिस टुर्नामेन्ट’ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने भएको छ।

कूल ३२६,०००/– (अक्षेरुपी तीन लाख छब्बिस हजार) पुरस्कार राशिको उक्त एकल प्रतियोगितामा देशभरबाट ८ वर्षदेखि १४ वर्षसम्मका १ सय ५० प्रतिष्पर्धीहरूले सहभागिता जनाउने अपेक्षा गरिएको छ। प्रतियोगिताको आवेदन फारम मिति २०७५ साल चैत ५ गतेदेखि २५ गतेसम्म राखिएको छ।

आवेदन फारम दशरथ रंगशाला टेनिस कम्प्लेक्स त्रिपुरेश्वर, नेपाल टेनिस एसोसिएसन सातदोबाटो ललितपुर, मण्डीखाटार टेनिस कोर्ट मण्डीखाटार, नाउलिङ्ग स्पोर्टस भिल्ला सुन्दरवस्ती भंगाल र आइएमई कम्प्लेक्स पानीपोखरीमा रितपूर्वक बुझाउनुपर्ने कम्पनिले जनाएको छ।

आवेदन फारम माथि उल्लिखित स्थानका अतिरिक्त आइएमई फाउन्डेशनको आधिकारिक वेभ पेज www.imefoundation.org मा उपलब्ध हुने व्यवस्था मिलाइएको छ। कम्पनिले प्रतिस्पर्धाका लागि आवेदन भर्न आब्हान गरेको छ।

आइएमई फाउन्डेशनले प्रतियोगिताको विषयमा पूर्ण जानकारी दिने उद्देश्यले पानीपोखरीस्थित आइएमई कम्प्लेक्समा पत्रकार सम्मेलनको आयोजना गर्‍यो। पत्रकार सम्मेलनमा आइएमई फाउन्डेशनका सदस्य सचिव अञ्जली अर्याल (ढकाल), आइएमई फाउन्डेशनका सदस्य राजु पौडेल र जुनियर टेनिस एशोसिएसनको तर्फबाट कृष्णराज घलेको उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन जुनियर टेनिस एसोसिएसनका तर्फबाट कृष्णराज घलेले आइएमई जस्तो सफल व्यवासायिक घरानाले खेलकुद क्षेत्र त्यसैमा पनि टेनिसको विकासमा देखाएको चासोप्रति प्रशन्नता व्यक्त गरे।

आयोजक संस्थाको तर्फबाट फाउन्डेशनका सदस्य राजु पौडेलले खेल क्षेत्रको विकासमा सहयोग पुर्‍याउने एवं बालबालिकाहरूमा खेलकुदप्रतिको सीप विकास गराउने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्दै आइरहेको बताए।

आइएमई फाउन्डेशन आइएमई ग्रुपद्वारा सञ्चालित एक मुनाफारहित परोपकारी संस्था रहेको र आइएमई ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतका कार्यहरू यही फाउन्डेशनमार्फत गर्दै आइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्