एनआइसी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सन्तोष राठी नियुक्त

Santosh_Rathi
लोकपाटी न्यूज

काठमाडौं। एनआइसी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सन्तोषकुमार राठी नियुक्त भएका छन्। जेठ ८ गते बसेको सञ्चालक समिति बैंठकले राठीलाई नियुक्त गरेको हो।

उनी यसअघि बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए। उनले साउन १ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृत पदकाे जिम्मेवारी सम्हाल्ने छन्। राठीले २०६४ मंसिर १९ देखि तत्कालीन बैंक अफ एशिया नेपालको विराटनगर शाखाको शाखा प्रबन्धकको रुपमा काम सुरू गरेका थिए।

पछि विराटनगरस्थित प्रादेशिक कार्यालयको प्रमुख, विभिन्न इको सिस्टमहरुको प्रमुख र बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत भए। उनीसँग नेपालको बैंकिङ क्षेत्रमा करिब २० वर्षको अनुभव छ। उनको नियुक्तिले आगामी दिनमा बैंकले थप सफलतापूर्वक ग्राहकहरुलाई बैंकिङ सेवा पुर्याउनेमा बैंक सकारात्मक छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्