२ हजार कार बोकेको जहाज सागरमा डुब्यो

jahaj
लाेकपाटी न्यूज

एजेन्सी । इटालीको एक कन्टेनर जहाज फ्रान्सको समुद्री किनाराबाट करिब २ सय २५ किलोमिटर पर पुगेर डुबेको छ ।

जर्मनीको ह्याम्वर्गबाट मोरक्कोको कैसाब्लान्का जाँदै गरेको सो जहाज आगो लागेर समुद्रमा डुबेको हो । ग्रान्दे अमेरिका नामको उक्त जहाज त्यहाँबाट ब्राजिल जाने तयारीमा थियो । मार्च १२ मा उक्त जहाज दुर्घटनामा परेको थियो । अहिले उक्त जहाजको तस्वीर पनि सार्वजनिक गरिएको हो ।

जहाजमा सवार सबै २७ जना मानिसहरुलाई बचाइएको थियो । उक्त जहाज २८ हजार टन तौलको थियो । जहाजको तेल समुद्रमा फैलिएको छ । फ्रान्सको नौसेना अहिले यसको सफाइ गरिरहेका छन् । यसमा २ हजार कार थिए । जसमा ३७ कार प्रोस्क कम्पनीका थिए । जसको मूल्य साढे ३ करोडसम्मका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्