डुङ्गा दुर्घटनामा एक सयबढी पर्यटकको मृत्यु

Boat
लाेकपाटी न्यूज

एजेन्सी । इराकमा डुङ्गा दुर्घटनाहुँदा एक सयभन्दा बढी पर्यटकको मृत्यु भएको छ । इराकको मोसुल शहरस्थित टिगरिस नदीमा डुङ्गा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा बालबालिका र महिलाको संख्या बढी रहेको जनाइएको छ । १९ बालबालिका र ६१ महिलाको मृत्यु भएको जनाइएको छ ।यस घटनामा ५५ जनालाई उद्धार गरिएको प्रहरीले जानकारी दियो । डुङ्गामा २ सयभन्दा बढी सवार थिए । अधिकारीहरुका अनुसार डुंगाको क्षमताभन्दा बढी मानिस डुंगामा थिए ।

दुर्घटना हुने चेतावनी बाबजुद पनि अटेरगर्दै पर्यटक डुङ्गामा चढेको बताइएको छ । मृत्यु हुनेमा सबै पौडी खेल्न नजान्ने भएको बताइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्