जनताका समस्या बुझ्न सांसदलाई गाउँ फर्काइने

nekapa sansad
लाेकपाटी न्यूज

काठमाडौं, ११ चैत । नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ले आफ्ना सांसदहरुलाई गाउँ फर्काउने भएको छ ।

नेकपाले संसदको हिउँदे अधिवेशन सकिए लगत्तै साँसदहरुलाई आफ्नो निर्वाचन क्षेत्र फर्काउने तयारी गरेको हो । नेकपाले त्यसैको लागि सोमबार बिहान संसदीय दलको बैठक बोलाएको छ । बिहान ११ बजेको लागि बोलाइएको बैठकमा प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

बैठकमा प्रधानमन्त्रीले सरकारले अहिलेसम्म गरेका काम तथा उपलब्धीबारे संक्षित समीक्षासहित आगामी योजनाबारे धारणा राख्ने कार्यक्रम तय भएको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । सरकारले आर्थिक वर्ष २०७६, ०७७ को विकास योजना तथा बजेट बनाउने तयारी गरिरहेको छ ।

नेकपाले सांसदहरुलाई आफ्नो निर्वाचन क्षेत्र डुलाएर जनताको सुझाव अनुरुप विकास योजना तयार पार्ने योजना बनाएको हो । सांसदहरुलाई त्यसैको लागि उसले गाउँ फर्काउने तयारी गरेको हो ।