आज वर्षा हुने, दिनभर माैसम नखुल्ने

Rain-8
लाेकपाटी न्यूज

काठमाडौं, १२ चैत । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्ष भई दिनभर मौसम गडबड रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वरिष्ठ मौसमविद् वरुण पौडेलले सुदूरपश्चिम र तराई क्षेत्रबाहेक देशका सबै ठाउँमा आज मौसम धुम्म रहने सम्भावना रहेको बताए। ‘पश्चिमी वायु अहिले पूर्व सरेको छ, विराटनगरसम्म पुगेको छ,’ उनले भने, ‘त्यस्तो भीषण वर्षा त हुँदैन तर दिनभर गड्यागुडुङ भइरहने र चट्याङ पर्ने देखिएको छ।’

काठमाडौं उपत्यकाको मौसम पनि आज दिनभर यस्तै धुम्म रहने, पानी पर्ने खुल्ने भइरहेको सम्भावना रहेको मौसमविद् पौडेलले बताए। सुदूरपश्चिमबाहेक देशका पहाडी भूभागमा आज वर्षाको सम्भावना रहेको उनको भनाइ छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि बुधबारदेखि मौसम खुल्ने सम्भावना रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्