चितवनमा सवारी दुर्घटनामा परि एक जनाको ज्यान गयो, २ घाइते

लाेकपाटी न्यूज

चितवन,चैत्र १२ । चितवनको खैरहनी नगरपालिका १ स्थित गणेश चोकमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । भने २ जना घाइते भएका छन ।

मंगलवार विरगन्जबाट भरतपुरतर्फ आउँदै गरेको ना ४ ख ९९८१ नम्बरको ट्रकले विपरित दिशातर्फ गइरहेको ग १४ प ५५ ७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक सिन्धुली दुधौली नगरपालिका ८ बस्ने ३५ बर्षिय भुम बहादुर पुलामी मगर गभ्भीर घाइते भएका थिए ।


छाती, टाउको र दाहिने खुट्टामा गम्भीर चोट लागेका पुलामीको उपचारको क्रममा पुरानो मेडीकल कलेज भरतपुरमा मंगलवार नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


मोटरसाइकल पछाडी सवार मृतकका श्रीमती ३० बर्षिय कालिमाया मगर र ८ बर्षिय छोरा लिल बहादुर पुलामी मगरको अस्पतलामा उपचार भैरहेको छ भने उनिहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्