एचआईभी संक्रमितको मृगौला प्रत्यारोपण

kidney pic
लाेकपाटी न्यूज

१५ चैत।  अमेरिकामा एचआईभी संक्रमित व्यक्तिको मृगौला अर्को व्यक्तिमा प्रत्यारोपण गरिएको छ। अमेरिकाको बाल्टिमोरमा रहेको जोन हप्किन्स अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको बीबीसीले जनाएको छ।

एचआईभी संक्रमित व्यक्तिको मृगौला अर्को व्यक्तिमा प्रत्यारोपण गरिएको विश्वमै पहिलो घटना भएको अस्पतालका डाक्टरले दाबी गरेका छन। यसअघि संक्रमित व्यक्तिको मृगौलामा पनि एचआईभी फैलिएको हुनसक्ने भन्दै अर्को व्यक्तिलाई दिइएको थिएन।

तर नयाँ औषधिको प्रयोगले एचआईभी संक्रमितको मृगौलामा कुनै असर नगरेको देखिएपछि अर्को व्यक्तिमा प्रत्यारोपण गरिएको बताइएको छ। अहिले मृगौला दान गर्ने र प्रत्यारोपण गरिएको व्यक्तिको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्