आज मेघगर्जनसहित पानी पर्ने सम्भावना

pic
लाेकपाटी न्यूज

काठमाण्डौ, १५चैत। शुक्रबार पहाडी क्षेत्रका केही भूभागमा साँझपख मेघगर्जन र हावाहुरीसहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन्।

पश्चिमी वायुसँगै स्थानीय वायुको असरले साँझपख पहाडी भेगको एक दुई ठाउँमा हावाहुरी र चट्याङसहित पानी पर्ने संभावना रहेको मौसमविद् सुवास रिमालले जानकारी दिए। उनका अनुसार मध्य र पूर्वको उच्च हिमाली तथा पहाडी भेगमा हिमपात हुने संभावना पनि छ।

स्थानीय वायुको असरले शुक्रबार काठमाण्डौ उपत्यकासहित देशका पहाडी भूभागको मौसम बदली भएको छ। तराई क्षेत्रको मौसम भने सफा छ।

पश्चिममा न्यूनचापीय प्रणाली आउन लागेकाले शुक्रबार राति पश्चिमी क्षेत्रको मौसम बदली भई केही ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने मौसमविद्को अनुमान छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्