गगन थापाबारे अमेरिकी दूतावासले के लेख्यो ?

Gagan thapa
लाेकपाटी न्यूज

काठमाडौं, १५ चैत।   नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन थापा अहिले अमेरिकामा छन। उनी कुनै राजनीतिक प्रयोजनले नभएर पढ्न गएका हुन्।  राजनीतिमा छिटोछिटो प्रगति हासिल गरेका र मन्त्री भइसकेका युवा नेताको पढ्ने भोक अझै मरेको रहेनछ्।  त्यसैले उनी यतिबेला अमेरिकाको हावर्ड विश्वविद्यालयस्थित हार्वर्ड केनेडी स्कुलमा छोटो अवधिको ‘एक्काइसौं शताब्दीको लागि विश्वव्यापी नेतृत्व र सार्वजनिक प्राशासन’ शीषकको कोर्स गरिरहेका छन।

नेपालस्थित अमेरिकी दूतावासले उनको पढाईको विषयमा औपचारिक जानकारी दिएको छ। दूतावासले आफ्नो फेसबुक पेजमा गगनले कक्षामा बसेर पढिरहेको फोटो हाल्दै नेपालीमै लेखेको छ, ‘हेर्नुस त कक्षामा को छ ? उहाँ भन्नुहुन्छ मलाई युवा रहिरहनु छ र सिकाई एक यस्तो विषय हो जसले युवा रहन सहयोग गर्छ। सिकाई तथा कक्षामा फर्कन पाउँदा मैले आफूलाई अत्यन्तै युवा महसुस गरिरहेको छु। एकदम रमाइलो लागेको छ । वी वीस हिम एन ए प्लस टाइम। हामी उहाँलाई रमाइलो सिकाईको कामना गर्छौंं।’

गगन पहिलेदेखि नै पढाईमा अब्बल रहँदै आएका छन। कलेज लाइफदेखि पूर्णकालिन राजनीतिमा लागेर पनि उनले आफ्नो अध्ययनलाई निरन्तरता दिन सफल भए। सिद्धार्थ बनस्थली स्कुल बालाजुबाट उच्च अंकसहित एसएलसी पास गरेका गगनले त्रिचन्द्र कलेजमा आईएस्सी र बीएस्सी पास गरेका थिए। त्यसपछि फ्याकल्टी परिवर्तन गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्र–समाजशास्त्रमा स्नातकोत्तर गरेका छन। पीएचडी गर्ने उनको धोको भने राजनीतिले गर्दा पूरा हुन सकेको छैन ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्