शनिबार पानी पर्ने, हावाहुरी तथा चट्याङको सम्भावना

Rain-8
लाेकपाटी न्यूज

काठमाडौं, १६ चैत । शनिबार देशका अधिकांश स्थानमा मौसम बदली भएको छ । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार देशभरजसो दिनभर वर्षा हुने सम्भावना रहेको महाशाखाकी मौसमविद् मञ्ज बासीले जानकारी दिइन् ।विशेषगरी काठमाडौं उपत्यकासहित मध्य र पूर्वी भेगमा मेघ गर्जनसहित पानी पर्ने देखिएको छ । यस्तै पश्चिमी क्षेत्रका पनि केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ । उनले भनिन्, ‘मौसमचाहिँ दिनभर देशभर नै बदली हुनेछ । पानी पर्ने र बीच बीचमा रोकिने देखिन्छ ।’

प्रि-मनसुन जारी रहेकाले हावाहुरी आउनु तथा चट्याङ पर्नु स्वाभाविक र नियमित प्रक्रिया भएको मौसमविद् बासीले बताइन्। यस्तै हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम खुल्न अझै एकदुई दिन लाग्ने मौसमविद् बासीले जानकारी दिइन्। उनले भनिन्, ‘मौसम अझै एकदुई दिन डिस्टर्ब नै देखिन्छ। यो भारत बिहारमा देखिएको न्यून चापीय रेखा र पश्चिमी वायुका बाँकी अंशको प्रभावले हो ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्