दुर्घटनामा एकको मृत्यु

durghatna
लाेकपाटी न्यूज

चितवन,  १८ चैत।  चितवनमा तीनवटा सवारीसाधन  ठोक्किँदा एकको मृत्यु भएको छ।

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ कुरिनटारस्थित सर्वशान्ति मावि परीक्षा केन्द्रमा एसइई परीक्षा दिने विद्यार्थी बोकेर मुग्लिनबाट आउँदै गरेको बा ३ ख ७९९३ नंको यात्रुबाहक बसमा सोही दिशाबाट आएको ना ४ च ३२९० नंको डेलिभरी भ्यान र बा ९० प ८१३२ नंको मोटरसाइकल सोमबार एक आपसमा  ठक्कर खाएकाे थियाे।

दुर्घटनामा धादिङ ज्यामरुङका ३५ वर्षीय राजन धमलाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख चन्द्रकुमार गिरीले जानकारी दिए।

धमलाको उपचारको क्रममा बिहान १० बजे मृत्यु भएको प्रमुख गिरीले बताए। दुर्घटनामा भ्यानका चालक सामान्य घाइते भएका छन्। दुर्घटनाको कारणबारे अनुन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्