हावाहुरीका घाइतेको कहाँ-कहाँ हुँदैछ उपचार ?

treatment
लाेकपाटी न्यूज

बारा, १८ चैत । बारामा आएको हावाहुरी तथा असिना पानीको विभिन्न स्थानमा २७ जनाको मृत्यु हुनुका साथै ७ सय भन्दा बढी घाइते भएका छन् ।

विभिन्न अस्पतालहरुह मध्ये, हाल ना.उ.क्षे.अस्पताल बिरगञ्जमा १ सय १६ जना,नेशनल मेडिकल कलेज बिरगञ्जमा १०० जना, बिरगंज हेल्थ केयरमा ३८ जना र गण्डक अस्पताल बिरगञ्जमा २८ जना गरी २ सय ८२ जनाको उपचार भईरहेको छ । यीतै गम्भिर घाइते ७ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।उनीहरुको त्रि.वि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

बारामा जिप्रका तथा मातहत कार्यलयहरुबाट प्रहरी टोली,सशस्त्र प्रहरी र सेना परिचालन भई उद्धार कार्य भईरहेको छ । मृतक मध्य २७ जना मध्य २३ जनाको सनाखत भएको र ४ जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । खोज तथा उद्दारका लागि बारा र पर्सा जिल्लामा नेपाल प्रहरीको सशस्त्र प्रहरी गण नं २ रातमाटेबाट समेत थप सुरक्षाकर्मी परिचालित छन् ।

नेपाल प्रहरी अस्पतालबाट ४ जना चिकित्सक सहित ९ जनाको टोली बिहान त्यसतर्फ प्रस्थान र थप ८ जनाको टोली स्टेण्ड बाई रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्