एटिएम फुटाउने दुई पक्राउ

hatkadi-pakrau
लाेकपाटी न्यूज

काठमाडौं, चैत १८। काठमाडौं महानगरपालिका १ कमलपोखरी,ल्होत्से चोकस्थित नेपाल ईन्भेष्टमेण्ट बैंकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार एटिएम मेशिनमा रहेको रकम चोर्ने उद्देश्यले मेशिन फुटाउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।पक्राउ पर्नेहरुमा काठमाडौं बानेश्वर बस्ने उदयपुर घर भएका १८ वर्षीय अशोक पुरी र बानेश्वर बस्ने काभ्रे घर भएका २२ वर्षीय सोनाम गुरुङ रहेका छन्।

एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा उनीहरुलाई महानगरीय प्रहरी बृत्त कमलपोखरीबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो। उक्त एटिएमको क्यास डिस्प्याच गर्ने भागमा क्षति भएको प्रहरीले जनाएको छ। घट्नाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्