आलोचनापछि मौसमविद भन्छन्: पूर्वानुमान थियो, यत्रो आउला भन्ने थिएन

bara
लाेकपाटी न्यूज

काठमाडौं, १८ चैत । नेपालका मौसमविदले यत्रो आँधी आउने अनुमान नगरिएको भन्दै यो आँधीबेहेरी अनुसन्धानको विषय भएको बताएका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले मौसम पूर्वानुमानको अनुमान नमिलेको भन्दै महाशाखा र मौसमविदप्रति कटाक्ष समेत गरेका छन्। देशमा यति ठूलो बिपत्तिको पूर्वानुमान गर्न नसक्ने मौसमविदको के काम ? धेरैका फेसबुक वालमा यस्तो पोष्ट थियो । मधेसका अन्य जिल्लाहरुमा नभएर बारा र पर्साका एकाध गाउँमा मात्रै भुँमरीजसरी आएको आँधी अरु बेलाको जस्तो सामान्य नभएको जानकारहरू बताउँछन् ।

प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल आइतबार साँझ बाराको फेटा गाउँपालिकामै थिए । एकजना आफन्तको घरमा आयोजित सामाजिक समारोहमा भाग लिएर फर्कँदै गर्दा सडकमै उनले आँधीबेहरीको सामना गर्नुपर्‍यो ।

उनले भने, ‘मैले जिन्दगीमा यस्तो कहिल्यै देखेको थिइनँ, आधा किलोसम्मका असिना खसेका थिए । करिब आधा घण्टाको वीचमा यो सब ताण्डव भयो । ईंटाले बनेका पक्की घरसमेत भत्किए ।’मन्त्री सोनलका अनुसार बारा र पर्साको सीमा क्षेत्रमा पर्ने फेटा, प्रसौनी, कलैया लगायतका केही स्थानमा मात्रै यस्तो महाविपत्ति देखिएको छ । कतिपय गाउँपालिकाका निश्चित वडाहरुमा क्षति पुगेको छ ।

केही गाउँपालिकाका वडाहरुबाहेक आँधीहुरीको क्षती मधेसका अन्य जिल्लामा देखिएको छैन । केही निश्चित स्थानहरुमा मात्रै अनौठो घटना भएको छ । गाउँ नै उजाड हुने गरी एउटै गाउँमा ५० र ६० जनाको निधन भएको छ । आँधीबाट हजारभन्दा बढी घरहरु प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्