आँधी प्रभावित क्षेत्रमा मन्त्रालयको वाटर एम्बुलेन्स

water ambulance.jpg3
लाेकपाटी न्यूज

काठमाडौं, १८ चैत। बारा र पर्सामा खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात् पानी वाटर एम्बुलेन्स पठाएको छ।

हिजो आएको विनाशकारी हावाहुरी आँधी प्रभावित क्षेत्रमा पिउने पानी शुद्धीकरणका लागि विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात् पानी (वाटर) एम्बुलेन्स पठाएको हो।

हावाहुरी आँधीले क्षति पुयाएको बस्तीमा पानीका कारण रोगव्याधिको प्रकोप फैलिन नदिन विभागले पानी शुद्धीकरण गर्ने आधुनिक उपकरण सहितको वाटर एम्बुलेन्स त्यसतर्फ पठाएको हो।

पानी शुद्धीकरण गर्ने पियुष, एक्वा ट्याब र ब्लिचिङ पाउडर लगायतका सामाग्रीहरु बोकेर विभाग र खानेपानी डिभिजन कार्यालय ईटहरीबाट वाटर एम्बुलेन्स प्रभावित क्षेत्रमा गएको छ। फोहोरपानीलाई शुद्धीकरण गरी पिउन योग्य बनाउनका लागि वाटर एम्बुलेन्समा प्रविधि जडान गरिएको छ ।

पानी परीक्षण विशेषज्ञ किशोर पाण्डेको नेतृत्वमा टोली हावाहुरी प्रभावित क्षेत्रमा गएको छ। पानीका कारण रोगव्याधि फैलिने सम्भावना बढी हुने हुँदा सबै किसिमका उपायहरु अपनाइने विशेषज्ञ पाण्डेले बताए।

बारा–पर्सामा आइतबार आएको भीषण हावाहुरीका कारण मृत्यु हुने २७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५ बालबालिका, १० महिला छन् भने अन्य १२ पुरुष रहेका छन् । यस्तै  ७ सय भन्दा बढी घाइते भएका छन् भने उनीहरूकाे विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्