बाटोमा दिसा गर्ने १७ जना प्रहरी नियन्त्रणमा

arrest
लाेकपाटी न्यूज

महोत्तरी, २१ चैत । बाटोमा दिसा गर्ने १७ जनालाई प्रहरीले पक्राउ गरेका छन् । बिहीबार बिहान खुल्ला दिसामुक्त अभियानलाई चुनौती दिँदै बाटोमा दिशा गर्ने १७ जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक खड्काका अनुसार प्रहरी र खुल्ला दिसामुक्त अभियानकर्मीले बिहीबा बिहान महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाका विभिन्न वडाबाट बाटोमा दिसा गर्ने १७ पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार जलेश्वर नगरपालिका–३, ४, ६ र १२ मा बाटोमा दिसा गर्दै गरेकालाई पक्राउ गरी कार्यालयमा ल्याइएको हो ।

पक्राउ परेकालाई जनही ५०० जरिवाना गरेपछि छाडिनेछ । महोत्तरी खुल्ला दिसामुक्त गर्न अभियानकर्मी, प्रहरी, प्रशासन सबै एकजुट भएर लागे पनि दैनिकजसो १२ भन्दा बढी मानिस पक्राउ पर्ने गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्