शाहरुखपुत्र आर्यन बलिउड डेब्यू गर्दै

shah rukh and son
लाेकपाटी न्यूज

नयाँ दिल्ली । शाहरुख खानपुत्र आर्यन खान सह–निर्देशकको रुपमा बलिउड डेब्यू गर्ने भएका छन् । आर्यन चाँडै नै फिल्ममा डेब्यू गर्न लागेको खबर सार्वजनिक भएको हो ।

फिल्मी क्षेत्रमा आर्यनको यो यात्रा आफ्ना पिताका निकै मिल्ने साथी करण जोहारको फिल्म ‘तख्त’ बाट सुरु हुनेछ । आर्यन खान करण जोहरको फिल्म तख्तबाट डेब्यू गर्नेछन् । यद्यपि यो फिल्ममा उनी अभिनय भने गर्ने छैनन् ।आर्यनको करियर प्लानबारे शाहरुख खानले पहिले नै छोराको सपना फिल्ममा हिरो हुने नभई उनी फिल्म बनाउन चाहेको बताएका थिए । उनले आर्यनले अमेरिकाबाट फिल्म मेकिङको पढाई पनि गरिरहेको बताएका थिए ।

आर्यन खान फिल्म तख्तमा सह–निर्देशकको रुपमा डेब्यू गरिरहेका छन् । करण जोहरको यो फिल्म मुगल एराको कहानी दर्साउँछ । यो फिल्म सन् २०२० मा रिलिज हुनेछ । यसमा करिना कपुर खान, रणवीर सिंह, जान्ह्वी कपुर, विकी कौशल, अनिल कपुर र भूकी पेडनेकर पनि संलग्न छन् ।

शाहरुखका छोरा आर्यन खान सोसल मिडियामा एक्टिभ त छैनन् तर उनका प्रशंसकले उनलाई फिल्ममा हेर्ने इच्छा व्यक्त गर्छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्