आज कस्ताे रहला आइपीएलमा सन्दीपकाे प्रदर्शन ?

Sandeep lamichane
लाेकपाटी न्यूज

काठमाडौं, २४ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

नेपाली स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्ने भएको छ । आइतबार आइपीएलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटल्सबाट खेल्न भएका हुन् ।

बेंगलुरुस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा दिल्ली र बैंगलोरबीचको खेल नेपाली समयानुसार दिउँसो ४ः१५ बजे शुरु हुनेछ । सन्दीपको टिम दिल्ली बैंगलोरविरुद्ध तेस्रो जीतको खोजीमा रहने छ । ५ खेल खेलेको दिल्ली २ जीत निकाल्दै ४ अंकसहित छैटौं स्थानमा रहेको छ । आइपीएलमा लगातार कमजोर प्रदर्शन गरीरहेको बैंगलोर घरेलु मैदानमा दिल्लीलाई पराजित गर्दै अंकतालिकामा खाता खोल्ने लक्ष्यमा रहेको छ ।

यसअघि ३ खेल खेलेका नेपाली लेग स्पिनर सन्दीपलाई दिल्लीले मैदान उतार्ने सम्भावना कायम देखिन्छ ।
सन्दीपले दिल्लीले खेलेका पछिल्ला तीनवटै खेलमा विकेट लिइरहेका छन् भने रनमा पनि केही नियन्त्रण गरिरहेका छन् । उनले ३ खेलमा उत्कृष्ट बलिङ गर्दै ४ विकेट हात पारिसकेका छन् ।

यद्यपि, दिल्लीसँगका पछिल्लो ५ भेटलाई बैंगलोरले आफ्नो पक्षमा पार्न सफल भएको छ । बैंगलोरको घरेलु मैदानमा दिल्लीले यसअघिको टिमलाई निरन्तरता दिए सन्दीप टिममा पर्ने नै छन् । तर, सन्दीपले खेलेका पछिल्ला ३ खेलमध्ये दिल्लीले १ खेलमा जित र २ खेलमा हार व्यहोरेको छ ।

ब्याटिङ लाइन कमजोर बन्दै गइरहेको दिल्लीका लागि मुख्य स्पिनरका रुपमा मैदान उत्रिएको अवस्थामा सन्दीपले बैंङ्लोरविरुद्ध प्रभावकारी प्रमाणित गर्न सक्लान् कि नसक्लान यसको प्रतिक्षा सबैलाइ छ ।

सन्दीपको प्रदर्शन कस्तो रहला ? उनले आफूलाई दिल्लीका लागि प्रभावकारी खेलाडी भएको पुष्टि गर्न सक्छन् भन्ने प्रश्न यतिबेला उठिरहेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्