बिरयानीका लागि काँग्रेस कार्यकर्ताबीच कुटाकुट

Biryani2
लाेकपाटी न्यूज

नयाँ दिल्ली । भारतमा लोकसभा निर्वाचन नजिकीएसँगै माहोल निकै तातेको देखिन्छ । नेताहरु चुनावी अभियानमा व्यस्त छन्। नेतासँगै कार्यकताहरु समेत चुनावी अभियानमा हिँडिरहेका छन्।

यसैबीचमा उत्तर प्रदेशमा बिरयानीका लागि काँग्रेस कार्यकर्ताबीच कुटाकुट भएको सार्वजनिक भएको छ । उत्तर प्रदेशबाट नसीमुद्दीन सिद्दी काँग्रेसका उमेद्वार हुन्। उनले चुनावी अभियानमा हिँडेका आफ्ना कार्यकर्तालाई बिरयानी बाँड्ने तयारी गरे । बिरयानी बाँड्दा कार्यकर्ताहरु बिरयानीका लागि झगडा गर्न थाले।

उक्त झगडामा परी केही कार्यकर्ता घाइते समेत भएका छन् । झगडामा संलग्न ९ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्