एक सातामै ४३ सय कुखुरा नष्ट

Hen
लाेकपाटी न्यूज

काठकाडौं, २७ चैत । भक्तपुरमा बर्ड फ्लु संक्रमण फैलिएपछि एक सातामा ४३ सय कुखुरा नष्ट गरिएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–१ स्थित मधुराम न्यौपानेले सञ्चालन गरेको कुखुरा फार्ममा रहेका ब्रोइलर कुखुरामा बर्ड फ्लू भेटिएपछि मंगलबार राति एक हजार तीनसय ७५ ब्रोइलर कुखुरा नष्ट गरिएको फार्म सञ्चालक न्यौपानेले बताए।

न्यौपानेको फार्ममा रहेका कुखुरामा ‘एच वान एन वान’ बर्ड फ्लूको भाइरस भेटिएको पशु सेवा विभागले जनाएको छ। विभागको प्राविधिक टोली, स्थानीय जनप्रतिनिधि र प्रशासनको रोहबरमा कुखुरा नष्ट गरिएको हो। गत हप्ता सोही वडाको उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्मका कुखुरामा पनि बर्ड फ्लू भएको पुष्टि भएपछि दुई हजार नौ सय ८५ लेयर्स कुखुरा नष्ट गरिएको थियो।

विगत दुई महिनाअघि देखि भक्तपुरका कुखुरामा बर्ड फ्लु देखिएको हो। यस अघि २०७० सालमा पनि भक्तपुरमा बर्ड फ्लूको संक्रमण फैलिएको थियो। त्यतिबेला पनि हजारौ कुखुरा, चल्ला, अण्डा र दाना नष्ट गरिएको थियो। यस वर्ष बर्ड फ्लुको संक्रमण फैलिँदा पनि कुखुराको मासुको कारोबारमा कमि आएको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्