महंगा दुई हिरो अनमोल केसी र सलिनमान बानियाँ भिड्दै

anmol salinman
लाेकपाटी न्यूज

काठमाडौं, २९ चैत । वर्षको अन्तिम शुक्रबार अर्थात आज दुई नेपाली फिल्म एक अर्कोसँग भिड्दै प्रदर्शनमा आएका छन् ।

चलचित्र ‘ए मेरो हजुर ३’ र ‘यात्रा: म्युजिकल भ्लग’ यी दुबै फिल्म देशभरका हलहरुबाट एकसाथ प्रदर्शनमा आएका हुन् । यी दुबै फिल्म मार्फत अहिलेका महंगा दुई हिरो अनमोल केसी र सलिनमान बानियाँ भिड्दै छन् ।

सम्राट शाक्यको निर्देशन रहेको फिल्म ‘यात्रा: म्युजिकल भ्लग’मा सलिनमान बानियाँ, सलोन बस्नेत, मालिका महत, जान्वी बस्नेत, जयनन्द लामा , रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायत कलाकारको अभिनय रहेको छ ।

फिल्मका निर्माता सुशील पोखरेल हुन्, भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको फिल्मले यात्राका क्रममा आउने प्रेम र उतारचढापलाई प्रस्तुत गरेको छ ।

यस्तै झरना थापाको निर्देशन रहेको ‘ए मेरो हजुर ३’मा अनमोल केसी र झरनाको छोरी सुहानाको मुख्य भुमिका रहेको छ । संगीतिक प्रेमकथामा बनेको यो फिल्ममा अनमोल र सुहानाको अलवा सलोन बस्नेत, रेअर राई, सरोज खनाल, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारको अभिनय छ ।

सुनिल कुमार थापाले निर्माण गरेको फिल्मको बिहिबार साँझ प्रिमिएर समेत गरिएको थियो । प्रिमिएरमा अधिकाम्सले फिल्मको बारेमा मिश्रित प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्