फेदाप रनिङ् शिल्ड जारी

Football
लाेकपाटी न्यूज

तेह्रथुम, २९ चैत । तेह्रथुमको फेदाप गाउँपालिकाको आर्थिक सहयोगमा फेदाप स्तरीय फेदाप गाउँपालिका अध्यक्ष रनिङ शिल्ड छनौट प्रतियोगिता २०७५ को दोस्रो दिन आज फेदाप गाउँपालिका तीन स्थित मार्से टार खेलमैदानमा आज दोस्रो दिनका खेल सप्पन्न भएका छन्।

गाउँका कुना कन्दरामा छरिएर रहेका युवाको खेल प्रतीभालाई प्रतियोगिता मार्फत छनौट गरी फेदापस्तरीय टिम निर्माण गरिने फेदाप खेलकुद विकास समितिका अध्यक्ष विशाल खड्काले फेदाप पत्रकार समाजले आयोजना गरेको फेदाप अध्यक्ष रनिङ कप किन भन्ने विषयमा भएको छ्लफलमा जानकारी दिएका छन्।

छनौट प्रतियोगितामा आज भएको पहिलो पुरुष फुटबल खेलमा वडा नम्बर २ ओयाक्जुंग र वडा नम्बर १ सिम्लेबीच भएको खेलमा वडा नम्बर २ ओयक्जुंग विजय भएको छ।

यसैगरि पुरुष फुटबल तर्फ खेलकुद विकास समिति इसिबु ५ र खेलकुद विकास समिति सम्दु ४ बीच भएको खेलमा खेलकुद विकास समिति सम्दु विजय भएको छ। यस्तै आज भएको पुरुष फुटबलको अन्तिम खेलमा खेलकुद विकास समिति जलजले र खेलकुद विकास समिति ओयाक्जुंगबीच भएको खेल निर्धारित समयमा बराबरी भएपछि भोलि पुनः ७ बजेबाट खेल सञ्चालन हुने आयोजकले जनाएको छ।

यसैगरि महिलातर्फ भएको खेलमा खेलकुद विकास समिति जलजले र खेलकुद विकास समिति सिम्लेबीच भएको खेलमा खेलकुद विकास समिति जलजले विजय भएको छ। यस्तै आजै भएको महिलातर्फको दोस्रो खेलमा खेलकुद विकास समिति ओयाक्जुंग र खेलकुद विकास समिति सम्दुबीच भएको खेलमा खेलकुद विकास समिति सम्दु विजय भएको छ। भलिबल तर्फको खेल छनौट भने भोलि बिहान ७ बजेबाट हुने आयोजकले जनाएको छ।

खेलमा पुरुष फुटबलमा प्रथम हुनेले नगद ५० हजार, रनिङ शिल्ड मेडल प्रमाणपत्र, दोस्रो हुनेले नगद ३० हजार, प्रमाणपत्र मेडल पाउने छन् ।महिला फुटबलतर्फ प्रथम हुनेले नगद २५ हजार रनिङ शिल्ड मेडल प्रमाणपत्र पाउने छन् भने दोस्रो हुने टिमले नगद १५ हजार शिल्ड प्रमाणपत्र पाउनेछन्।

भलिबलतर्फ भने प्रथम हुनेले नगद ३० हजार दोस्रोले २० हजार रनिङ शिल्ड मेडल प्रमाणपत्र पाउने आयोजक खेलकुद विकास समिति फेदापले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्