नेपालले तत्काल सेना फिर्ता नगर्ने

Nepali sena
लाेकपाटी न्यूज

काठमाडौं, ३० चैत। लिबियामा एक सातादेखि संघर्ष चलिरहेको छ। यस क्रममा करिव ६० को मृत्यु भएको भनिएको छ। तीन सय बढी घाइते भएको जनाइएको छ।

लिबियामा द्वन्द्व चर्किए लगत्तै भारत र अमेरिकाले आफ्ना शान्ति सेना फर्काए पनि नेपालले तत्काल सेना फिर्ता नगर्ने स्पष्ट पारेको छ। त्यहाँको अवस्थाबारे नेपाली सेनाले गत चैत २५ मा पनि जानकारी गराएको थियो।

त्रिपोलीस्थित राष्ट्र संघीय मिसनको सुरक्षा गरिरहेको नेपाली सेना भने तत्काल नफर्कने जानकारी दिँदै अन्तर्रा्ष्ट्रिय रुपमा रहेको नेपाली सेनाको छवि कायम राख्न नेपाली शान्ति सेनाले यस्तो अवस्थामा छोडेर हिँड्न नसक्ने बताएको छ।

शुक्रबार नेपाली सेनाले एक विज्ञप्ती निकाल्दै नेपाली शान्ति सेना तत्काल फिर्ता बोलाउने कुनै योजना नरहेको पुनः जनाएको हो। संयुक्त राष्ट्रसंघले लिबियाबाट नेपाली शान्ति सैनिक फिर्ता गर्ने कुनै योजना रहेको स्पष्ट पारेसँगै नेपालले यस्तो निर्णय लिएको हो ।

शान्ति सैनिकप्रतिको आस्था र विश्वासलाई अटल राख्न नेपाली सेना प्रतिबद्ध रहेको भन्दै संकटमा पर्दा छोडेर भाग्ने कार्य नगर्ने पनि स्पस्ट पारेको छ।

लिबियामा रहेका सबै नेपाली सेनाहरु त्रिपोलीस्थित राष्ट्र संघीय मिसनमा छन्।अन्नपूर्णपोस्टमा चन्द्रशेखर अधिकारीले समाचार लेखेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्