नेपालद्वारा युएईसामु २ सय ४८ रनको लक्ष्य प्रस्तुत

cricket news
फाइल तस्बिर
लाेकपाटी न्यूज

काठमाडौं, ३० चैत । आइसिसी यू १९ विश्वकपअन्तर्गत शनिबारको दोस्रो खेलमा नेपालले युएईसामु २ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आइसिसी यू १९ विश्वकपअन्तर्गत एसिया छनोटको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ५० ओभरमा १ सय ४७ रनमा अलआउट भयो। मलेसियाको राजधानी क्वालालम्पुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि हरि चौहानले नटआउट ६७ रनको योगदान दिए ।

अन्तिमसम्म टिकेका उनले ७४ बलमा ७ चौका हिर्काए। भीम सार्कीले पनि अर्धशतक प्रहार गरे। उनले ५४ बलमा ४ चौका र २ छक्का हिर्काए। त्यसअघि ओपनर रित गौतमले ४४ रन जोडे। उनले ७३ बलमा ३ चौका हिर्काए। अर्का ओपनर पवन सर्राफ १२ रनमा आउट हुँदा आसिफ शेखले २७ रन बटुले। कप्तान रोहितकुमार पौडेल १८ रन र सन्दीप जोरा ४ रनमा आउट भए। कुशल मल्ल (१ रन), रासिद खान (१ रन), कमलसिंह ऐरी (२ रन) र सागर ढकाल (२ रन) सस्तैमा आउट भए।

बलिङमा युएईका रिशव मुखर्जीले ४ विकेट लिए भने मुहमद फाराजुद्दिनले ३ विकेट हात पारे। यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई २ सय १७ को फराकिलो अन्तरले पराजित गरेको थियो।

प्रतियोगितामा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। ६ टिममध्ये १ टिमले मात्र विश्वकपमा स्थान बनाउनेछ। छनोटमा नेपालसहित आयोजक मलेसिया, कुवेत, ओमान, सिंगापुर र युएई छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्