नेपालद्वारा ओमानलाई २ सय ३० रनको लक्ष्य

circket
लाेकपाटी न्यूज

काठमाडौं, ३ बैशाख । आइसिसी यू १९ विश्वकप छनोट खेलमा नेपालले ओमानलाई २ सय ३० रनको लक्ष्य दिएको छ।

क्वालालाम्पुरको सिंलेगर टर्फ क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाएर २ सय २९ रन जोड्यो। अन्तिम विकेटका लागि प्रतिशले २३ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै नेपाललाई सो स्कोरमा र्पुयाएका हुन्।

त्यसअघि रोहित पौडेलले ७५ रन जोड्दै नेपालको इनिङ अघि बढाएका थिए। ८१ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे। जारी विश्वकप छनोटमा नेपालसहित ६ राष्ट्रले सहभागिता जनाएका छन्। सबै टोलीले एकअर्कासँग खेलिसकेपछि अंकतालिकाको शीर्ष स्थानमा हुने टोली सन् २०२० मा दक्षिण अफ्रिकामा हुने यू(१९ विश्वकपमा छनोट हुनेछ।

हाल नेपाल नेपाल ३ खेल खेलिसक्दा ४ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा छ। त्यतिनै खेलबाट यूएई भने ६ अंकसहित शीर्षमा छ। दोस्रो खेलमा नेपाल यूएईसँग डिएल म्याथडका आधारमा एक रनले पराजित भएको थियो।

तुलनात्मक रुपमा यस छनोटमा नेपाल बलियो मानिएपनि यूएईविरुद्धको खेलमा वर्षाले विथोलेपछि नेपाल डिएल म्याथडका आधारमा एक रनले पछि परेको थियो। उक्त खेलमा नेपालले २ अंक गुमाएपछि यूएईको विश्वकप छनोट हुने सम्भावना बढेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्