यशु ख्रिष्टलाई लगाइएको श्रीपेच राखिएको चर्चमा भीषण आगलागी

लाेकपाटी न्यूज

पेरिस, ३ बैशाख । पेरिसस्थित मध्ययुगीन नोट्रि डेम क्याथेड्रलमा भीषण आगलागी भएको छ । उक्त गोथिक भवनमा आगो लाग्दा आंशिक क्षति भएको हो ।

आगलागी हुँदा साढे आठ सय वर्ष पुरानो गोथिक भवनको शिखर र छाना खसेको छ। यद्यपि दुईवटा बेल टावरसहित प्रमुख संरचना जोगिएको अधिकारीहरूले बताएका छन्। टोलीहरूले क्याथेड्रलभित्र रहेका कलाकृतिलाई जोगाउन सफल भएका छन्।

राष्ट्रपति इम्यानुएल म्याक्रोंले आगलागीलाई एउटा ठूलो विपद्को संज्ञा दिएका छन्। आगलागीको कारण अझै स्पष्ट हुन सकेको छैन। अधिकारीहरूले जीर्णोद्धार कार्यसँग आगलागीको सम्बन्ध हुन सक्ने बताएका छन्। ढुङ्गाहरू चर्किन थालेपछि क्याथेड्रल भत्किन सक्ने आशंकामा त्यसको जीर्णोद्वार थालिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्