बालुवाटारमा आठ दलको बैठक जारी

8Dal
लोकपाटी न्यूज

काठमाडौं। आठ दलीय गठबन्धनको बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

शीर्ष नेताहरूको बैठकले उपराष्ट्रपति उम्मेदवार चयनबारे निर्णय लिने बताइएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई लगायतको उपस्थिति छ।

उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ। उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिंग वा समुदायको हो सोभन्दा फरक लिंग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गतेका लागि तोकिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्