मन्त्री पुनद्वारा सहिद परिवारलाई जस्तापाता, फेरिदैछ राेल्पाकाे मुहार

लाेकपाटी न्यूज

रोल्पा, ५ बैशाख । उर्जा,जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’ले शहीद तथा बेपत्ता परिवारलाई जस्तापाता वितरण गरेका छन् ।

समृद्ध रोल्पा फाउन्डेसनका संरक्षकसमेत रहेका मन्त्री पुनले रोल्पा जिल्लाभरका गरिव परिवारलाई जस्तापाता वितरण गरेका हुन् । मन्त्री पुनको प्रमुख आतिथ्यमा तथा प्रतिनिधीसभा सदश्य दिपेन्द्र कुमार पुनको विशिष्ट आतिथ्यमा आयोजित एक कार्यक्रममा सहिद तथा बेपत्ता भएका घरपरिवारलाई जस्तापाता वितरण गरिएको हो ।

रोल्पामा भुसका छाना हटाएर जस्ताका छाना हाल्ने आफ्नो प्रतिवद्दताअनुसार मन्त्री पुनले सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षका तर्फबाट मारिएका परिवारलाई जस्तापाता वितरण गरेका हुन् ।

मन्त्रीको भुसका छानामुक्त रोल्पाको घोषणा कार्यान्वयन गर्न जस्तापाता वितरण गरिएको मन्त्री पुनका स्वकीय सचिव सन्तोष पुनले जानकारी दिए।कार्यक्रममा उक्त परिवारलाई प्रमाणपत्रसहित जस्तापाता वितरण गरिएको हो ।

नेत्रविक्रम चन्द विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित बनेको भएपनि रोल्पामा सो कार्यक्रम सहजै सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्