पर्यटक चढेको बसु दुर्घटना, २८ जनाको मृत्यु

durghatna pic
लाेकपाटी न्यूज

पोर्चुगल, ५ बैशाख। पोर्चुगलमा पर्यटक चढेको बस दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ। मडिरा टापुमा बस दुर्घटनामा परेको पोर्चुगलका सञ्चारमाध्यमहरूले जनाएका छन्।

मृत्यु हुनेमध्ये १७ जना महिला र ११ जना पुरुष छन्। दुर्घटनामा अन्य २८ जना घाइते भएका छन्।स्थानीय समय अनुसार बुधवार साँझ साढे छ बजे चालकले नियन्त्रण गुमाउँदा बस सडकबाट तल खसेको थियो।जर्मन पर्यटकहरू सवार बस सडकबाट तल खसेको थियो।बसमा ५५ जना यात्रु सवार रहेको बताईएको छ।

यता बस दुर्घटनामा २८ जना जर्मन नागरिकको मृत्यु भएपछि पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले जर्मन चान्सलर एंगेला मर्केललाई समवेदना सन्देश पठाएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्