विप्लवका मध्यकमाण्ड इन्चार्जमा प्रकाण्ड नियुक्त

prakanda-1
फाइल फोटो
लाेकपाटी न्यूज

काठमाडौं, ५ बैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका मध्यकमाण्ड इन्चार्ज फेरिएका छन् । अबको विप्लवको मध्यकमाण्ड इन्चाजको जिम्मेवारी खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले पाएका छन् ।

हाल सो जिम्मेवारीमा रहेका हेमन्त प्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेसँगै पार्टीले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई सो जिम्मेवारी दिएको हो । यसअघि प्रकाण्ड प्रवक्ताको जिम्मेवारी रहेको बताइएपनि केही महिनायता उनको नाममा पार्टीको औपचारिक विज्ञप्ति आउने गरेको थिएन ।

प्रहरीबाट पक्राउ परेपछि पार्टीका केही गोप्य दस्तावेज बाहिरिएको भन्दै उनलाई जिम्मेवारविहीन बनाइएको समेत हल्ला चलेको भएपनि विप्लवले त्यसको विज्ञप्तिमार्फत खण्डन गरेका थिए । यता मध्य कमाण्ड इन्चार्जको भूमिकामा रहेका सुदर्शन चैत पहिलो साता काभ्रेबाट पक्राउ परेका थिए।

सरकारले विप्लवको पार्टीलाई प्रतिबन्ध लगाएसँगै सुदर्शन पक्राउ पर्ने उच्चस्तरीय नेता हुन् ।उनको पार्टीमा विप्लव र प्रकाण्डपछि दोस्रो वरियता रहेको छ ।